नेपाल स्वाइनफ्लुको उच्च जोखिममा

दिनहुँ हजारौँ नेपाली आउजाउ हुने छिमेकी मुुलुक भारतमा स्वाइन फ्लु ब्यापक फैलिए पनि नेपालले बचाउको कुनै तयारी गरेको छैन् ।
सञ्चार माध्यमका  अनुसार दिल्ली, गुजरात, राजस्थान, उत्तर प्रदेश, आन्द्र प्रदेश महाराष्ट्र,हरियाणा, पन्जाब मध्य प्रदेश ,छत्तिसगढ, तेलंगाना, लगायत छुप्र्रै राज्यमा स्वाइन फ्लु देखिएको छ  ।


एक महिनायता भारतमा करिब दुई सयको मृत्यु भइसकेको छ । ‘ छिमेकी मुलुकमा फैलिँदो संक्रमणमबारे सञ्चारमाध्यमबाट थाहा पाएपनि सरकारी निकायले यसबारे केही भनेको छैन,’ शुक्रराज ट्रपिकल तथा रिुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने ।

उनका अनुसार केही दिन अघिदेखि रुगाखोकीको लक्षण लिएर आउनेलाई सामान्य उपचार गरेर पठाउने गरिएको छ । शंकास्पद बिरामी देखिए विशेष परीक्षणका लागि तत्कालै पठाउनुपर्ने उनले बताए । ‘स्वाइनबाट बच्न स्वच्छतामा ध्यान दिनुपर्छ ।
रोग सर्ने कारण र लक्षणबारे सर्वसाधारणलाई सरकारले सजग बनाउनुपर्छ,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ छाती रोग विशेषज्ञ पा.डा. अर्जुन कार्कीले भने ।

news and entertainment