प्रचण्डको १६ गतेको जनप्रदर्शनलाई मोहन वैद्यको समर्थन

February 25, 2015
काठमाडौं । एकीकृत नेकपा माओवादीले यही फागुन १६ गते खुल्लामञ्चमा गर्ने भनेको जनसभालाई मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादीको समेत समर्थन हुने भएको छ ।
अध्यक्ष मोहन वैद्य किरणले बुधबार विज्ञप्तनी जारी गर्दै ३० दलीय मोर्चाले गर्ने जनसभालाई समर्थन गर्ने जानकारी दिएका हुन् ।


राष्ट्रिय सहमति कायम गर्नका लागि अधिकारसम्पन्न सर्वदलीय राजनीतिक सभाको आयोजना गर्ने भन्ने नारा र कार्यसूचीमा एनेकपा माओवादी सहितको ३० दलीय मोर्चा सहमत हुन नसकेको समेत वैद्यले जनाएका छन् ।

‘सबै आन्दोलनकारी शक्तिहरुको बीचमा संयुक्त आन्दोलनको कार्यक्रम आयोजना हुन नसके तापनि एनेकपा माओवादी सहितको ३० दलीय मोर्चाद्वारा फाल्गुण १६ गते काठमाडौंमा आयोजित विरोध प्रदर्शन लगायत आन्दोलनका कार्यक्रमहरु यथास्थितिवादको विरोधमा परलक्षित रहेकोेले हाम्रो पार्टीद्वारा त्यसप्रकारका कार्यक्रमहरुको समर्थन गर्ने निश्चित गरिएको छ विज्ञप्तीमा भनिएको छ ।
अध्यक्ष किरणले यथास्थितिवाद र प्रतिगमनका विरुद्ध बृहत्तर संयुक्त आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्दै संयुक्त आन्दोलनका लागि नारा र कार्यसूची समृद्ध गरी साझा सहमति कायम गर्न सबै आन्दोलनकारी पक्षहरुलाई आग्रह गरेका छन् ।

news and entertainment