कर्मचारीको जागिर खाइदिने धम्की दिनथाले नुवाकोटका एलडिओले

१६ जेठ, त्रिशुली ।
कार्यालयको सूचना बाहिर ल्याएको भन्दै नुवाकोटका स्थानीय विकास अधिकारी गोपालप्रसाद रेग्मीले जिल्ला विकास समितिका एक कर्मचारीको सेवा र सुविधा कटौती देखि जागिर खाइदिन्छु भन्दै मानसिक तनाव दिदै आएका छन् ।
स्थानीय विकास अधिकारी रेग्मीको अनियमिताको सूचना बाहिर पु¥याएको आरोपमा कर्मचारी विरुद्ध खनिएका हुन् । विभिन्न समयमा उनको कर्तुतरु बाहिर ल्याएको भन्दै जिल्ला विकास समितिका खरिदार यदुकुमार धमलाको सेवा र सुविधा कटौती गर्दै जागिर खाइदिने चेतावनी दिदै आएका छन् ।

कार्यालयमा भन्दा बढी समय जिल्ला बाहिर घुम्न रुचाउने रेग्मीले  कार्यालयमा नआएको दिन समेत हाजिर गरेको तथा धेरै दिन बिदा लिने गरेको हाजिरकापी पत्रकारहरुलाई उपलब्ध गराएको तथा अन्य कतुर्तहरु सार्वजनिक गर्न सहयोग पु¥याएको भन्दै खरिदार धमलाको सेवा र सुविधा कटौती गरिदिएका छन् ।

पुसको अन्तिम साता उनको कर्तुत सार्वजनिक भएपछि माघ महिनादेखि नै धमलालले पाउदै आएको इन्धन खर्च, दर्ता फाँटमा बसेर सेवा पु¥याएबापत पाउने एक महिनाको सातदिनको दैनिक खर्च सहित अन्य दैनिक भ्रमण खर्चको रेगमीले कटौती गरिदिएका छन् ।

कुनै कारण नै नखुलाई लामो समयदेखि पाउदै आएको सेवा र सुविधा कटौती गरिदिएका रेग्मीले आफ्नो बदनाम गर्न सहयोग पु¥याएको भन्दै जागिरनै खाइदिने चेतावनी दिदैआएको धमलाले बताए । स्थानीय विकास अधिकारी रेग्मीले कार्यालय प्रति वफादार नभएको, कार्यालय भित्रको सूचना बाहिर लगेको, कार्यालयका प्रमुख प्रति आदर नगरेको लगातयको आरोप लगाउदै सेवा र सुविधा कटौती गरेको पीडित बन्नपुगेका कर्मचारी धमलाले बताए ।

लेखापालको कार्यकक्षमा हुने हाजिरकापी दर्ता फाँटमा बस्ने आफूबाट बाहिर नलगेको तथा कार्यालय प्रति जिम्मेवार रहदै आएको स्पष्टिकरण दिदाँपनि रेग्मीले आफूलाई सेवा र सुविधा खोस्दै जारिगर नै खाइदिने चेतावनी सहित मानसिक तनाव दिदै आएको धमलाले बताए ।  खोसिएको सेवा र सुविधा कुन कारणले भन्ने जानकारी नपाएको उनले यस सम्बन्धी अहिलेसम्म अन्त कतै गुनासो गर्न समेत नगएको बताए ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार स्थानीय निकायमा कार्यरत कुनै कर्मचारीको सेवा र सुविधा कटौती गर्दा कारण खुलाउनु पर्ने र पूर्व जानकारी दिनुपर्ने प्रावधान रहेको छ । तर, नुवाकोटका स्थानीय विकास अधिाकारीले शक्तिको दुरुपयोग गर्दै कर्मचारीको सेवा र सुविधा रोक्ने तथा जागिर नै खाइदिने भन्दै दिदै आएको मानसिक तनावको कानुनी उपचार खोज्न आफू कुनै निकायमा नगएको धमलाले बताए ।
जगदीश खनाल
               भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment