औषधि खान नपाएर विरामी छटपट्याउँदै औषधि भने डेढ महिनादेखि मेडिकल स्टारमा
काठमाडौँ, १६ जेठ । रौतहटमा झाडापखाला र हैजाले महामारीको रुप लिइरहेका बेला प्रकोप नियन्त्रण गर्न पठाइएको औषधि भने डेढ महिनादेखि मेडिकल स्टारमा थन्किएको छ । रौतहटको चन्द्रपुर नगरपालिका २ गैडाटार २ मा हैजा र झाडापखालाबाट ८ सय भन्दा बढी विरामी परेका छन्। समयमै उपचार नपाउँदा २ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले आपतकालिन अवस्थामा मुलुकभरि नै प्रयाृगमा ल्याउने गरी पठाएको औषधि गुणस्तर परीक्षणमा ढिलाई भएको भन्दै पथलैयास्थित स्टोरमै सड्ने अवस्थामा पुगेको समाचार आजको अन्नपूर्ण पोष्टमा दिपा दाहाले लेखेकी छिन ।
गुणस्तर परीक्षणको प्रतिवेदन नआएकाले औषधि दिन नमिल्ने तर्क कर्मचारीको छ। उक्त मेडिकल स्टोरमा गर्मीमा देखिने रोगका ३५ प्रकार भन्दा बढी औषधि छ। औषधि खान नपाएर बिरामीको ज्यान गइरहेको छ भने मेडिकल स्टोरमा थन्किदाँ थन्किदाँ कतिपय औषधिको म्याद नाध्यन थालेको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्: