बजारमा नेपाली नक्कली नोट छ्याप छ्यापति, नक्कली नोटसहित एक पक्राउ

काठमाडौं । नेपाली नक्कली रुपैया २१ हजार सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।


राजधानिको भिमसेनस्थानको एक पसलमा सामान किन्न गएका भारत झारखण्डका नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक हजार दरका १९ वटा नोट र ५ वटा पाँच सय दरका नोट बरामद भएको हो ।

पसलमा सामान किन्न आएका ति भारतीय नागरिकले दिएको पैसामाथि शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यस अघि भारतिय नक्कली नोट बजार पाइने गरेपनि नेपाली रुपैया नक्कली भने कमै सुन्ने गरिएको थियो ।

news and entertainment