सुनको भाउ फेरी घट्यो
काठमाडौं, फागुन २८ –
सुन चाँदीको भाउ बिहीबार
घटेको छ । सुन तोलाको ५० हजार एक सय रुपैयाँमा किनबेच
भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो बुधबारको भन्दा तोलामा चार सय रुपैयाँले कम हो ।
बुधबार सुन तोलाको ५० हजार पाँच सय रुपैयाँमा किनबेच
भएको थियो । यस्तै चाँदीको भाउ पनि १०
रुपैयाँ सस्तो भएको छ । चाँदी तोलाको ६ सय ७०
रुपैयाँमा किनबेच भैरहेको व्यवसायीले बताएका छन् ।