काठमाडौ, चैत १६ – ठक्कर दिने माइक्रोवसले क्षतिपुर्ति दिनुपर्ने माग गर्दै लोक गायिका मञ्जु महतका आफन्तले शब नबुझ्ने अडान लिएका छन् ।
माइक्रोवस व्यवसायी समितिले क्षतिपूर्ति दिन आलटाल गरेपछि कलाकारहरुले पनि आफन्तलाई साथ दिदै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।माइक्रोवस समितिले वार्तामा ठोस निर्णय गर्न नसक्ने प्रतिनिधि पठाएको र क्षतिपूर्ति दिन नसक्ने भनेपछि कलाकारले आन्दोलनको तयारी गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताउनुभयो । शनिबार रातिसम्म कलाकार र माइक्रो व्यवसायीबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो ।
बिहीबार काठमाडौको गल्कोपाखामा माइक्रोवसको ठक्करबाट गम्भीर घाइते भएकी महतको ग्राण्डी अस्प्तालमा उपचारका क्रममा शनिबार निधन भएको थियो । स्कुटरमा सवार महतलाई माइक्रोबसले ठक्कर दिएको थियो ।
ठक्करबाट उनकी बहिनी लक्ष्मी महत पनि घाइते भएकी छन् । लक्ष्मीको उपचार र मञ्जुको छोरोछोरीको पालनपोषणको व्यवस्था समितिले गर्नुपर्ने माग कलाकारले राख्दै आएका छन् । कास्कीको भरतपोखरीकी मञ्जुका श्रीमान, एक छोरा र एक छोरी छन् ।
सूर्यकुमार क्षेत्री/उज्यालो
किन गायिका महतका आफन्तले शब बुझेनन्?
news and entertainment