नायिकाले यो बर्ष रोजे एनआरएन, ‘निश्चल-स्वस्तीमा’ बिहे चर्चामा

२०७२ चैत २४
वर्ष २०७२ अन्त्य हुनै लाग्दा नेपाली चलचित्र क्षेत्रको लेखाजोखा सुरु भैसकेको छ । कसको चलचित्र हिट कसको असफल भन्ने हिसाब किताब हुँदै गर्दा यो बर्ष कसले बिबाह गरे, कसको सम्बन्ध टुट्यो भन्नेमा पनि पाठकलाई सरोकार हुने गर्छ ।
उमेरले विवाह गर्न योग्य धेरै नायक नायिकाले यसपाली पनि बरियात लाने हिम्मत गरेनन् । केही कलाकारले भने भब्य बिबाह गरे । विवाहलाई भड्किलो बनाउने मात्रै हैन हनिमुन वापतको रकम जोगाएर चलचित्रकर्मी कल्याणकोषमा राख्ने समेत भेटिए । यस वर्ष जोडी बाँध्ने कलाकार को-को रहेछन्, यहाँ चर्चा गरिएको छः

निश्चल-स्वस्तीमा
निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको अफेयरको वारेमा दर्शकलाई जानकारी नै थिएन । दर्शकलाई सुन्दा अचम्म लाग्न सक्छ । अहिलेका उम्दा निर्देशक निश्चल र स्वस्तीमाको मागी विवाह भएको थियो ।
निश्चल र स्वस्तीमा अभिभावकले कुराकानी गरेपछि मात्रै नजिकीएका थिए । परिवारवाट विवाह हुने लगभग पक्का भएपछि मात्रै उनीहरुको डेटिङ सुरु भएको थियो । नेपाली शैलिमा बिहे गरेका यी कलाकारले चलचित्रकर्मीलाई भब्य पार्टी दिएका थिए । आफू भन्दा १४ बर्ष जेठा निश्चलसँग स्वस्तीमाले लगनगाँठो कसेकी थिइन् ।
नायिकाले यो बर्ष रोजे एनआरएन, ‘निश्चल-स्वस्तीमा’ बिहे चर्चामा
२०७२ चैत २४ गते १०:५९ मा प्रकाशित 651  15   0
वर्ष २०७२ अन्त्य हुनै लाग्दा नेपाली चलचित्र क्षेत्रको लेखाजोखा सुरु भैसकेको छ । कसको चलचित्र हिट कसको असफल भन्ने हिसाब किताब हुँदै गर्दा यो बर्ष कसले बिबाह गरे, कसको सम्बन्ध टुट्यो भन्नेमा पनि पाठकलाई सरोकार हुने गर्छ ।
उमेरले विवाह गर्न योग्य धेरै नायक नायिकाले यसपाली पनि बरियात लाने हिम्मत गरेनन् । केही कलाकारले भने भब्य बिबाह गरे । विवाहलाई भड्किलो बनाउने मात्रै हैन हनिमुन वापतको रकम जोगाएर चलचित्रकर्मी कल्याणकोषमा राख्ने समेत भेटिए । यस वर्ष जोडी बाँध्ने कलाकार को-को रहेछन्, यहाँ चर्चा गरिएको छः

निश्चल-स्वस्तीमा
निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको अफेयरको वारेमा दर्शकलाई जानकारी नै थिएन । दर्शकलाई सुन्दा अचम्म लाग्न सक्छ । अहिलेका उम्दा निर्देशक निश्चल र स्वस्तीमाको मागी विवाह भएको थियो ।
निश्चल र स्वस्तीमा अभिभावकले कुराकानी गरेपछि मात्रै नजिकीएका थिए । परिवारवाट विवाह हुने लगभग पक्का भएपछि मात्रै उनीहरुको डेटिङ सुरु भएको थियो । नेपाली शैलिमा बिहे गरेका यी कलाकारले चलचित्रकर्मीलाई भब्य पार्टी दिएका थिए । आफू भन्दा १४ बर्ष जेठा निश्चलसँग स्वस्तीमाले लगनगाँठो कसेकी थिइन् ।

रीमा विश्वकर्मा
नेपाली चलचित्रमा औषत चलेकी नायिका रीमा विश्वकर्मा ६ महिनाअघि विवाह बन्धनमा बाँधिएकी थिइन् । वेलायतमा बस्दै आएका रोवर्टसँग लगनगाँठो कसेकी रीमालले प्रेमपछि विवाह गरेकी थिइन् ।
फेसबुकमा चिनाजानी भएपछि नजिकिएका उनीहरुले डेढवर्षको प्रेमपछि विवाह गरेका थिए । काठमाडौमा रहेको हायत होटलमा नेपाली शैलिमा भब्य विवाह गरेकी रीमाले विवाहमा सिमित चलचित्रकर्मीलाई निम्ता गरेकी थिइन् ।
माल्दीभ्स वा पेरिसमा हनिमुनका लागि जाने योजना बनाएकी रीमाले विवाहपछि हनिमुन यात्रा रद्द गरेर हनिमुनमा हुने खर्च वापत एक लाख रुपैंया चलचित्रकर्मी कल्याण कोषलाई दिएकी थिइन् । तर, अहिले उनी हनिमुन मनाउन यूरोपमा छिन् ।

गरिमा पन्त
आफ्नो प्रेमलाई गुपचुप राख्दै आएकी नायिका गरिमा पन्तले पनि यसै वर्ष विवाह गरिन् । यादब भट्टराई निर्देशित चलचित्र ‘झोला’ वाट अत्याधिक चर्चा पाएकी गरिमा पछिल्लो समय अभिनयमा सक्रिय हुन सकेकी थिइनन् ।
कार्यक्रम प्रस्तुतीका लागि बेल्जियम पुगेको बेला बेल्जियम निवासी हरि शर्मा थपलियासँग भेट गरेकी गरिमा त्यसपछि अफेयरमा थिइन् । केही वर्षको अफेयरपछि विवाह गरेकी गरिमाले अहिलेसम्म आफ्ना दौतरीहरुलाई विवाह पार्टी दिएकी छैनन् । उनले बेल्जियममै विवाह गरेकी थिइन् भने अहिले उतै रेष्टुरेन्ट सञ्चालन गरेर बसेकी छिन् ।

सिम्पल खनाल
निर्देशक प्रशन्न पौडेलसँग सम्बन्ध बिच्छेद गरेर बसेकी मोडल एवं नायिका सिम्पल खनाललेे पुसमा विवाह गरिन् । हायात होटलमा भब्य शैलिमा विवाह गरेकी सिम्पल विवाहपछि बेलायतमा छिन् ।
बेलायत बस्दै आएका नदिनसँग प्रेमपछि विवाह गरेकी सिम्पलले विवाहमा पारिवारिक र सिमित साथीभाईलाई निम्ता गरेकी थिईन् । अभिनयको अतिरिक्त उनी टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।
यसरी हेर्दा यो बर्ष ४ नायिका र एक निर्देशकको बिहे भएको देखिन्छ । तर, बिहे गर्ने ३ नायिकाले भने एनआरएनलाई नै रोजेका छन् । नेपाली नायिकाहरुमा एनआरएन मोह नयाँ भने होइन ।
रजिना रिमाल
गायिका रजिना रिमालले पनि यो बर्ष बिहे गरिन् । उनको बिहेका सांगीतिक क्षेत्रका मानिसहरुको उपस्थिती पातलो थियो । रजिनाले पारिवारिक जमघटमै बिहे गरेकी हुन् । रजिनाले विनोद श्रेष्ठसँग बिहे गरेकी हुन् । काठमाण्डौको श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोदसँग बिहे गरेकी रजिना गायनमा पनि उत्तिकै सक्रिय छिन् ।
onlinekhabar

,

news and entertainment