नेपालको संविधान २०७२ राष्ट्रपति रामवरण यादवले जारी गरिरहँदा कोरियामा पनि त्यसको स्वागत गर्दै दिप प्रज्वलन गरिएको छ । कोरियाका क्रियाशिल नेपालका राजनीतिक दलका भातृ संगठनहरुको आयोजनामा राजधानी सोलस्थित नेपाल हाउसमा दिपावली मनाइएको हो ।
नेपाली दुतावासका महामहिम राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा भएको दिप प्रज्वलन कार्यक्रममा उपनियोग प्रमूख किरण शाक्य, श्रम सहचारी अनिल गुरुङ, वोमन फर वोमनका अध्यक्ष मल्लिका थकाली लगायत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालको झण्डा अंकित तश्विर बनाएर गरिएको दिप प्रज्वलनमा बोल्दै राजदुत लामाले केही असन्तुष्ट स्वरका वापजुद जारी भएको संविधानले देशको अग्रगमन र प्रगतिपथलमा लम्कन ढोका खोल्ने र असन्तुष्ट सवै पनि पछि खुसि भएर आउने भन्दै नयाँ संविधानको स्वागत गरे ।
त्यसैगरी कार्यक्रमका आयोजकहरु नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका प्रवास भातृ संगठनहरु क्रमशः नेपाली जन सम्पर्क समितिका सभापति नवराज सिवाकोटी, नेपाली प्रवासी मञ्चका अध्यक्ष गोविन्द गाउँले र नेपाली जनअधिकार मञ्चका अध्यक्ष सागर न्यौपानेले पनि नयाँ संविधानको स्वागत गर्दै मन्तव्य राखेका थिए ।
नेपाली जन सम्पर्क समितिका सभापति सिवाकोटीले दुइ हजार सात सालको प्रजातन्त्र ल्याउन पनि नेपाली कांग्रेसको नेतृत्वले महत्वपुर्ण भुमिका खेलेको र दश वर्षे सशस्त्र युद्धमा होमिएको तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभाबाट नयाँ संघिय गणतान्त्रिक संविधान जारी गर्न पनि कांग्रेस नेतृत्वले अद्भुत भुमिमा खेलेको छ ।
कोरियामा नयाँ संविधानलाई यसरी स्वागत गरियो (फोटो फिचर)
news and entertainment
