देशले नयाँ संविधान पाएपछि अध्यक्ष दाहालले यस्तो भने
काठमाडौँ, ३ असोज । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताउनुभएको छ ।
संविधानसभाबाट आज संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधि तथा जनताले संविधान बनाउने युगको सुरुवात भएको बताउनुभयो ।
उहाँले असन्तुष्ट पक्षका दललाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “केही असन्तुष्ट दलका मागलाई सम्बोधन गरिन्छ ।”
वार्ता र संवादको माध्यमबाट आन्दोलनरत दलका मागहरु सम्बोधन गर्ने अध्यक्ष दाहालको दाबी छ । उहाँले भन्नुभयो, “आन्दोलनरत दलले स्थिरता चाहनुप¥यो, संविधान चाहनुप¥यो र नेपालको समृद्धि चाहनुप¥यो उहाँहरुको माग सम्बोधन गर्न कठिन छैन ।”
अध्यक्ष दाहालले व्यापक जनताको सहभागी भएको जनताको संविधान कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
etajakhabar