नेपालमा संविधान बन्दा भारत खुसी भएन, विज्ञप्ती निकालेर के भन्यो ?
काठमाडौं, ३ असोज । नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ ।
आइतबार साँझ संविधानको औपचारिक घोषणा भएपछि भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा स्पष्टसँग संविधानको स्वागत गरिएको छैन् । भारतले नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा मात्रै विज्ञप्तीमा जनाएको छ ।
जारी विज्ञप्तीमा भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेकोप्रति चासो समेत भारतले व्यक्त गरेको छ । यस विषयमा काठमाडौंमा रहेका भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।