राजावादीहरुले सशस्त्र युद्ध गर्ने घोषणा गरे

काठमाडौ, ३ असोज ।
 शाही युवा शक्ति नेपालले बन्न लागेको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षतालाई तत्काल खारेज नगरे सशस्त्र युद्ध गर्ने चेतावनी दिएको छ।
 शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर आर.वाई.पी ले प्रमुख राजनीतिक दलहरुको अकमर्णयताका कारण मुलुक एक दशकदेखि बन्धक बनेको भन्दै नयाँ संविधानका नाममा मरिसकेको गणतन्त्रलाई घिसार्ने काम नगर्न आग्रह गरेको छ।


 आर.वाई.पीका अध्यक्ष पशुपति खड्काले ८६ प्रतिशत नेपाली जनताको भावना विपरित विदेशी डलरको प्रलोभनमापरी अहिलेका शीर्ष नेताहरुले गणतन्त्र र धर्मनिरपेक्षताको मुद्दालाई जबरजस्ती लाद्ने काम गरेको आरोप लगाउँदै उक्त विदेशी मुद्दा तत्काल खारेज नगरे आफूहरु सशस्त्र युद्धमा होमिने चेतावनी दिए।

उनले भने नेता भनाउँदाहरुले नेपाल र नेपाली जनताको पहिचानमाथि हस्तक्षेप भइरहेको छ, संविधानको प्रारम्भिक मस्यौदामाथि पनि नेपाली जनताले धर्मनिरपेक्षता र गणतन्त्रलाई सिधै अस्विकार गरिसकेका थिए तर नेताहरुले त्यसमाथि कुनै सुनुवाई नगरी एकलौटी ढंगले निर्णय गरि लोकतन्त्रमाथि नै प्रश्नचिन्ह खडा गरेका छन् ।
 लोकतन्त्रको दुहुवाई दिने दलहरुले नै जनताको भावनालाई कुल्चिने र निरंकुश शासन लाद्दै एकलौटी निर्णय गरी संविधान जारी गर्नतर्फ अग्रसर रहेकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष खड्काले आफ्नो संगठनको घोर आपत्ति रहेको बताए।
hamrosandesh


,

news and entertainment