राष्ट्रपतिलाई संविधानसभामा जान नदिइने, शीतल निवासमा धर्ना

काठमाडौ, ३ असोज ।
 नेपाल सद्भावना पार्टीले संविधान घोषणा गर्नबाट रोक्ने भएको छ ।

जसरी भएपनि संविधानमा राष्ट्रपतिको हस्ताक्षर रोकी जारी गर्नबाट रोक्न उनसले शितलनिवासस्थित राष्ट्रपति कार्यालय अगाडि धर्ना दिएको छ ।

 राष्ट्रपति डा. रामवरण यादवलाई सविधानमा हस्ताक्षर गर्नबाट रोक्न नेपाल सद्भावना पार्टीले राष्ट्रपति कार्यालय अगाडि दिएको धर्नाबाट नेपालको संविधान जारी हुनबाट रोकिन्छ होला त ?


देशको जनसंख्याका आधाभन्दा बढी जनसंख्या भएको समुदाय अहिलेको सविधान निर्माणको पक्षमा नरहेको भन्दै त्यस्तो सविधानमा हस्ताक्षर नगर्न आग्रह गर्नका लागि राष्ट्रपति यादवलाई ध्यानाकर्षण गराउन धर्ना बसेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बताए ।

सबैको सहमतिमा लोकतान्त्रिक सविधान जारी गर्ने अन्तरिम सविधानमा व्यवस्था भएपनि तीन दलले बहुमतको आधारमा सविधान जारी गर्न लागेको बताउँदे उनले अन्तरिम सविधानको संरक्षक समेत रहेका राष्ट्रपति यादवले अन्तरिम सविधान उलंघन गरेर सविधानमा हस्ताक्षर गर्न नहुने समेत तर्क गरे ।
hamrosandesh



 

,

news and entertainment