आफ्नो प्रेम पाइनन यी नायिकाले, गुमाइन मानसिक सन्तुलन
बलिउडकी नायिका तथा गायिका सुलक्षणा पंडित ६१ वर्षकी भइन। मानसिक सन्तुलन ठिक नभएकाले आफ्नै नातेदारहरुलाई पनि उनी चिन्न सक्दिनन। नायक सञ्जीव कुमारलाई निकै मनपराउने गर्थिन यी नायिका। तर सञ्जीवको तर्फबाट सम्बन्ध स्वीकार भएन।
९ वर्षको उमेरबाट गायन सुरु गरेकी सुलक्षणाले सन् १९७६ मा संकल्प फिल्मको ‘तू सागर हे…’ बोलको गितको लागि फिल्मफेयर अवार्ड पाएकी थिइन। उनले फिल्म ‘राज’, ‘हेरी-फेरी’, ‘अपनापन’, ‘खानदान’, ‘चेहरे पे चेहरा’, ‘धरम संकट’, ‘वक्त की दीवार’ सहित कयौं फिल्ममा काम पनि गरिन। उनले जितेंद्र, विनोद खन्ना, राजेश खन्ना, ऋषि कपूर, राकेश रोशन जस्ता नाम चलेका कलाकारहरुसंग संगै फिल्म खेलेकी थिइन।
मनमा हेमा मालिनी लिएर बसेका सञ्जीवले सुलक्षणाको प्रेम प्रस्ताव अस्वीकार गरिदिएका थिए। पटक पटक विवाह गर्न मनाइरहेकी सुलक्षणाको विन्ती संञ्जीवले सुनेनन।
संञ्जीव कुमारको अकस्मात मृत्यु पश्चात भने सुलक्षणाको मानसिक सन्तुलत बिग्रियो। सुलक्षणाकै बहिनीले एक इन्टरभ्युमा यो कुरा खुलासा गरेकी थिइन। उनले नै सुलक्षणालाई सन् २००६ मा घर ल्याइन। उनी कोठामै बस्न रुचाउँछिन, कसैसंग बोल्दिनन् अनि चिनेको जस्तो पनि गर्दिनन। बाथरुम जाँदा कम्मरको हड्डी भाँचियो, ४ पटक अपरेशन भइसक्यो। अहिले उनी हिडडुल गर्न नसक्ने अवस्थामा छिन।