क्रान्तिकारीले रित्ता सिलिन्डरसहित आयल निगममा धर्ना दिने
२०७१ माघ
१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज ग्यास आपूर्ति सहज पार्न माग गर्दै प्रदर्शन गर्ने भएको छ ।
क्रान्तिकारीले रित्ता सिलिन्डर सहित दिउँसो १२ बजे माइतीघर मण्डलादेखि आयल निगमको केन्द्रीय कार्यालय बबरमहलसम्म प्रदर्शन गर्न लागेको हो ।
खाना पकाउने ग्यासको सहज आपूर्ति मिलाउन तथा व्यापारिक र घरायसी प्रयोजनमा प्रयोग हुने सिलिन्डरको दोहोरो मूल्य निर्धारण गर्न माग गर्दै प्रदर्शन गर्न लागेको मल्लले बताए ।