सन्तानका लागि बाहेक आफुलाई पुरुष नचाहिने प्रियंकाको घोषणा


मिस इन्डिया, बलिउडकी सफल नायिका, गायिका अनि हलिउडमा नायिका बन्दै पहिलो हलिउड सिरिज ‘क्वान्टिको’ बाट अवार्ड समेत पाएकी प्रियंकाको सफलता अनि चर्चा दिनानुदिन बढ्दो छ। यिनै सफल नायिकाले एक अन्तर्वार्तामा आफुलाई कुनै केटाको खाँचो नभएको घोषणा नै गरिदिइन। सन्तानको लागि बाहेक आफुलाई केटाको जरुरत नभएको उनले बताएकी छिन्।
आफ्नो व्यक्तिगत जीवन अनि सम्बन्धको कुरा गर्दै, गरगहना र हिरा आफैले किन्न सक्ने र यसको लागि कुनै पुरुषको आवश्यकता नभएको उनले भनेकी छिन्। ‘मलाई बस निन्द्रा चाहिन्छ। एउटा राम्रो किताब अनि मलाइ साथीहरुसंग समय चाहिन्छ।’, प्रियंका भन्छिन। आमा बन्ने भने प्रियंकाको रहर छ। तर विवाहमा विश्वासघात उनी कुनै हालतमा स्वीकार्दिनन्। ‘विवाह के हो? एकपटक आफ्नो मन कोहीसंग साँटेपछि त्यसलाई निभाउन सक्नुपर्छ। धोका दिनको लागि विवाह होइन।’सम्बन्धमा ढाँट्नेलाई कातर बताउँदै सत्य बोलेर आफ्न जीवनसाथीको आदार गर्नुपर्ने प्रियंका बताउँछिन्।


,

news and entertainment