नेपालमाथि भारतको अर्काे कडा हस्तक्षेप

काठमाडौं, १८ माघ । पाँच महिनादेखि अघोषित नाकाबन्दी गरिरहेको भारतले नेपालमाथि अर्काे हस्तक्षेप गर्ने धम्की दिएको छ ।
संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको सहभागितामा आइतबार भारतको विहारस्थित मुुजफरपुरमा भारत–नेपाल मैत्री संघद्धारा आयोजित ‘मधेस आन्दोलन मे हमारी भूमिका विषयक’ कार्यक्रममा भारतका एक केन्द्रीय मन्त्रीले नेपालमाथि नांगो हस्तक्षेप गर्दै सिंहदरबार घेर्ने चेतावनी दिएका हुन् ।

कार्यक्रमका प्रमुख वक्ता रहेका भारतीय सरकारका पूूर्व केन्द्रिय मन्त्री डा. रघुुबंश प्रसाद सिंहले केपी ओली सरकारले मधेसी मोर्चाको माग पुरा नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी दिए । उनले भने– मधेसी जनतामाथि ओली सरकारले गोली बर्षाउदा हाम्रो मुटु दुखेको छ । सरकारले दमन बन्द गरेर मधेसी मोर्चाको माग पुरा गरोस् । होइन् भने हामी भारतीय जनता काठमाडौं पुगेर सिंहदरबार घेर्न बाध्य हुन्छौं ।’
उनले मधेस आन्दोलनमा हिन्दुस्तानका हरेक जनताको समर्थन रहेको बताउँदै आन्दोलनलाई निष्कर्षमा पुुर्याएर छाड्ने प्रतिवद्धता समेत जनाए छन् । उनले मधेससँग रोटी बेटीको सम्बन्ध रहेको बताउँदै मधेसी मोर्चाले राखेको ११ बुँदै माग केपी ओली सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखे ।
लालु यादब नेतृत्वको राष्ट्रिय जनता दलका उपाध्यक्ष समेत रहेका सिंहले सिमा क्षेत्रमा हुने कालोबजारी रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरे । उनले केहि दिन अगाडी दिल्ली पुुगेका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको कुरामा परेर प्रधानमन्त्री मोदी नाकाबन्दी खुुकुुलो पारेको समेत बताएका थिए ।
कार्यक्रममा सहभागी भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादब लगायतका नेताहरु पनि आ–आफ्नो मन्तव्य राखेको थियो । उनीहरुले मधेसमा जारी आन्दोलन सफल पार्न भारतीय नेताहरुसँग विशेष आग्रह गरेका थिए ।
पछिल्लो समय नेपालसँग सिमा जोडिएको भारतीय गाउँ शहरमा राष्ट्रिय जनता दलले मधेस आन्दोलनमा सघाउन अभियान नै चलाएको छ । हालसम्म ३२ भन्दा बढी भारतीय सहरमा मधेसबारे बहस यात्रा नामक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
dainiknepal

,

news and entertainment