​भारतसँग कुनै सहमति भएको थिएन, मलाई प्रधानमन्त्री अहिले बन्नुछैन: प्रचण्ड

माघ १८, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा गर्नुअघि आफूले भारत भ्रमणको क्रममा कुनै पनि बिषयमा भारतीय पक्षसँग सहमति नगरेको दावी गर्नुभएको छ । हिन्दूराष्ट्र घोषणासहितका बिषयमा नेपालका नेता र भारतीय पक्षवीच सहमति भएको चर्चा चलिरहँदा दाहालले त्यसको प्रतिवाद गर्नुभएको हो । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले भन्नुभयो–भारतमा कुनै सर्तनामा वा सहमति केही भएको होइन, मैले देशभित्र र भारतपनि सीमांकनसहितको संविधान आउने कुरा मात्र बताएको हुँ ।


अर्को प्रसंगमा दाहालले प्रधानमन्त्री केपी ओलीको आगामी भारत भ्रमण दुई देशको हितमा केन्द्रित हुनुपर्ने सुझाव आफूले दिएको बताउनुभयो । जटिल अवस्थामा सरकार बनेकाले सरकारको कामकारवाहीलाई लिएर धेरै आलोचना आवश्यक नभएको दाहालको भनाइ छ । कंग्रेस सहमत भए उसको महाधिवेशनपछि राष्ट्रिय सरकार बन्न सक्ने उहाँले भन्नुभयो । दाहालले भन्नुभयो– कंग्रेस वा केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्छ, मैले यो कुरा आफैं प्रधानमन्त्री हुन उठाएको होइन ।
radiokantipurdiary

,

news and entertainment