‘नो कमेन्ट’ भन्दै भारतीय विदेश मन्त्री सुष्माले भनिन् ओली पुर्ण सफल

काठमाडौ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएकी छिन ।

नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन,‘ यो भ्रमणले नेपाल भारतवीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको छ ।’
स्वराजले भारत नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने पक्षमा रहेको भन्दै नेपालमा जारी भएको संविधानको पहिलो संसोधन सकारात्मक भएकोले अरु विषयहरु समाधान गर्दै अब नेपाल विकास र समृद्धिको बाटोमा जानु पर्ने सुझाव दिईन ।
उनले भनिन,‘ केही विषयहरु बाँकी रहे संबाद, सहमति र सहकार्यबाट अघि बढ्नु पर्छ । हाम्रो त सद्भाव मात्रै हो । नेपालको समस्या नेपालीहरुले नै मिलाउने हो । त्यसो भए नेपाललाई राजनीतिक स्थायीत्व र त्यसपछि विकासको बाटोमा अघि बढउन सहयोग हुन्छ । त्यता तिर अब लाग्नु पर्छ ।’
जोईन्ट स्टेटमेन्ट नआएको विषयको जिज्ञासामा नो कमेन्ट भनेकी उनले आफूले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको बताईन ।
स्वराजले नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा भारतले सक्दो सहयोग गर्ने भन्दै अहिले भारतको चाहना नेपालको विकास मात्रै रहेको बताईन ।
nepalsandesh

,

news and entertainment