मोरङ फुटबल क्लव र पुलिस भिड्दै

विराटनगर, फागुन १३ । विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मोरङ फुटबल क्लब र पुलिस क्लब भिड्नेछन् ।

घरेलु समर्थनप्राप्त स्थानीय टीम मोरङ फुटबल क्लब र विभागीय टोली पुलिसबीचको विजेताले उपाधिका लागि झापा–११सँग खेल्नेछ । फाइनल विराटनगरस्थित शहिद स्मृति रंगशालामा शनिबार हुनेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ टिमलाई २–० ले हराउँदै झापा फाइनलमा पुगेको छ । झापालाई जिताउने क्रममा बुद्ध चेम्जोङ र खामिरले एक–एक गोल गरे ।
imagekhabar

,

news and entertainment