अल्छी व्यक्तिका लागि जागिर खुल्यो


चैत १८, एजेन्सी ।
अल्छी र बसी बसी खान चाहनेका लागी भारतमा एउटा काईदाको जागिर खुलेको छ । सँधै ओछ्यान एकदम प्यारो लाग्ने व्यक्तिका लागी अर्बन ल्याडर नामक कम्पनीले जागीर खुलाएको छ ।
इन्टरनेटमार्फत फर्निचर बेच्ने कम्पनीले आफ्नो डस्नाको जाँचका लागी कर्मचारी माग गरेको छ । पदको नाम पनि गज्जब कै छ सिनियर म्याट्रेस टेस्टर । तलब आपसी समझदारीमा तय गरिने भएपनि काम भने दिन भरी म्याट्रेसमा सुतेर डस्ना कत्तिको आरामदायी छ त्यो बताउनु नै हो ।
सो कम्पनीले खुलाएको विज्ञापनमा अल्छी व्यक्तिको आवश्यकता रहेको उल्लेख गरेको छ । डस्नाको चेकजाँच गर्ने पनि बिधि रहेको सो कम्पनीले जनाएको छ । बिधि भनेको कफि पिए पछि, क्याफिन पिएर र लामो यात्र पछि ति कम्पनिको गद्धामा सुत्दा मजा आए नआएको पनि जाँच्नु पर्नेछ ।
radiokantipurdiary

,

news and entertainment