ऋतिकलाई आयो कानुनी चेतावनी,“पोप”को चर्चा महंगो साबित

अभिनेता ऋतिक रोशनले ट्वीट मार्फत “पोप”को चर्चा गरेपछि उनलाई कानुनी चेतावनि आएको छ । ऋतिकले आफ्नो एक ट्वीटमा “पोप”को चर्चा गरेका थिए जस्मा नायिका कंगना रनावतको बारेमा पनि केहि नराम्रा कुरा लेखेका थिए । यसै कुरालाई लिएर ऋतिकलाई महाँराष्ट्र अल्पसंख्याक आयोगका पुर्व उपाध्याक्ष अब्राहम मथाईले उनलाई कानुनी नोटिस पठाएको हो । ऋतिकले ईसाई धर्मावलम्बिहरुको गलत चर्चा गरेको आरोप लगाएका छन् ।


मथाईको वकिल रिजवान सिद्धिकीले भनेका छन्, अभिनेतालाई भारतीय दंड संहिता २९५ ए को प्रावधान अनुसार सुचना पठाइएको हो । सुचनामा सात दिन भित्र उक्त गलत काम गरेको भन्दै माफि माग्नालाई भनिएको छ । साथै सुचनामा ऋतिकले माफि नमागेकोे खण्डमा उनको यस कुरालाई अदालतमा दर्ता हुने बताईएको छ ।
सिद्धिकीले भनेका छन्,ऋतिक रोशनले धार्मिक भावना तथा संसारको ईसाई धर्मको आस्थामा ठेस पुर्याएको छ । उनको वक्किलले सात दिनभित्र ऋतिकको तर्फबाट सार्वजनिक रुपमा लिखीत माफि चाहन्छन् । ऋतिकले २८ जनावरीमा उक्त ट्विट गरेका थिए । ऋतिकले यस्तो ट्वीट गरेका थिए ,“मिडियामा जुन महिलाको सुन्दरता सँग मेरो नाम जाडिएको छ ,त्यो भन्दा बढि मेरो पोप सँग अफेयरको सम्भावना रहेको छ । धन्याबाद, तर यो मलाई चाहिदैन ।”
News24Nepal

,

news and entertainment