फागु मनाउने क्रममा युवा समुहवीच खुकुरी हानाहान, तीन जना घाइते
चितवन ९ चैत्र – चितवनको दारेचोकको सराथोकमा फागु मनाउने क्रममा दुई युवा समुहविच खुकुरी हानाहान भएको छ । सो क्रममा तीन जना युवक घाइते भएका छन् । घाइते हुनेहरुमा सुजित,हस्तबहादुर र आशिष गुरुङ रहेका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
