मदन भण्डारीको ‘जबज’ धोबी खोलाको किनारमा किन पुग्यो ?

काठमाडौं, ९ चैत । सत्तारुढ दल एमाले केन्द्रीय कार्यालयका करिब २० हजार पुस्तक अलपत्र बनेका छन् । अलपत्र पारिएका पुस्तकमा भूमिगतकालदेखि संकलित विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, दर्शन, संस्कृति, साहित्य, समाज, विज्ञान, प्रविधिलगायत विभिन्न विषयसँग सम्बन्धित छन् ।
साथै, महत्त्वपूर्ण दस्ताबेज संग्रहहरू दश महिनादेखि अलपत्र अवस्थामा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अस्थायी पार्टी कार्यालय धुम्बाराहीमा पर्याप्त स्थान नरहेपछि ती पुस्तक धोबीखोलाकिनारमा रहेको मदन भण्डारी कलेजको गोदाममा बोराभित्र बाँधेर थन्क्याइएको छ ।
पुस्तक हराउन नदिन एमालेले बाहिर पुस्तक लैजान नपाउने, तर पुस्तकालयभित्र मात्रै अध्ययन गर्न पाउने नियम बनाएको थियो । दुई वर्षअघि पुस्तक व्यवस्थित गर्न १२ हजार पुस्तक दर्ता गरी नम्बरिङ गरिएका थिए ।
पहिले महत्त्वपूर्ण पुस्तक नम्बरिङ सकेर बाँकी पुस्तक पनि नम्बरिङ गर्ने योजनाकै बीचमा भूकम्प गएपछि त्यो पनि अलपत्र पर्‍यो ।
अति दुर्लभ मानिने माक्र्सको चर्चित कृति ‘पुँजी’का सबै भाग, लेनिनका संगठनात्मक सिद्धान्तसम्बन्धी पुस्तकहरू, लेनिनका भोल्युम, माओत्से तुङका संकलित रचनाहरू, मदन भण्डारीका ‘जबज’ पुस्तक अलपत्र छन् ।
व्यवस्थित ढंगले पुस्तकालय पुनः सञ्चालनमा ल्याउन नसक्दा ती सबै पुस्तक प्रयोजनविहीन बनेका हुन् ।
अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, केशव बडाल, बेदुराम भुसालदेखि थुप्रै नेताले भूमिगतकालदेखि संकलित पुस्तक पुस्तकालयलाई प्रदान गरेका थिए ।
dainiknepal

,

news and entertainment