पाँचवटा विमानमा बमको हल्लाले एयरपोर्ट खाली गराइयो

एजेन्सी: बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा २८ जनाको ज्यान जाने गरि भएको आक्रमणपछि भारतमा पनि बम हल्लाले विमानस्थल खाली गराइएको छ ।


भारतको दिल्लीबाट उडान भर्ने पाँचवटा विमानमा बमको हल्ला चलेपछि सुरक्षा जाँच थालिएको छ।

जेट एयरवेजका पाँच विमानमा बमको हल्ला फैलिएपछि ती सबै जहाजलाई ग्राउन्डेड गरेर सुरक्षा जाँच गर्न उच्च सुरक्षा सतर्कता जारी गरिएको छ।


दिल्लीस्थित विमानस्थलका अनुसार पाँच विमानमा बम रहेको भन्दै फोन आएको थियो । बम रहेको भनिएका यी पाँचवटै विमानको उडान अपरान्ह चार बजेदेखि पाँच बजेको बीचमा रहेका थिए ।

यी मध्ये चारवटा विमानलाई आपतकालिन अवतरण गराइसकिएको छ भने अर्को विमानलाई चेन्नईमा उतार्न आदेश दिइएको छ ।


यसैबीच जेट एयरवेजको मुम्बई-देहरादून उडानमा बम रहेको सूचना आएपछि देहरादुनस्थित जोली ग्रान्ट एयरपोर्ट खाली गराइएको छ । सुरक्षाकर्मीले एयरपोर्टबाट सबै यात्रीलाई निकालेर सुरक्षित स्थानमा लगिसकेका छन् ।
annapurnapost

,

news and entertainment