वर्षा र पहिरोका कारण बाह्र जनाको मृत्यु

पाकिस्तान, पाकिस्तान प्रशासित काश्मिरमा भारी वर्षा र पहिरोका कारण १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।


भारी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरै घर भत्किएका र उक्त भग्नावशेषमा अरू धेरै मानिससमेत परेको आशङ्का गरिएको छ ।



बाढीका कारण मुजफ्फरबाद, बाग, अब्बासपुर, हबेली र कोटली क्षेत्रमा शुक्रबार व्यापक क्षति भएको र मृतक सबै सोही क्षेत्रका भएको स्थानीय प्रहरीले बताएको छ । बाढीका कारण हजारौँ मानिस विस्थापित भएको बताइएको छ ।

गएको वर्ष पनि उक्त क्षेत्रमा यसै समय आएको मुसलधारे पानीका कारण ८१ जनाले ज्यान गुमाएका थिए भने काश्मिर क्षेत्रमा करिब तीन लाख मानिस विस्थापित भएका थिए । रासस

,

news and entertainment