धुर्मुस र सुन्तलीले प्रधानमन्त्रीलाई प्रहार गरेपछि ओलीले यसरी गरे प्रतिकार

काठमाडौं । रिपार्टर्स क्लब नेपालको १८ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक व्यंग्यवाण प्रहार भएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा हाँस्य कलाकारद्वय जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले ओलीको कार्यशैलीमाथि कडा व्यंग्य गरेका हुन् । सुन्तलीले प्रश्न सोध्ने र धुर्मुसले ओलीको क्यारिकेचर गर्दै उनको काम गर्ने शैलीलाई व्यग्य गरेका थिए ।


देश विकास, पुनर्निर्माणभन्दा खाली उखान टुक्का मात्रै हाल्ने खोज्ने र मजाक मात्रै  गरिरहनेभन्दै ओलीमाथि व्यंग्य गरिएको थियो । तर, कलाकारको व्यंग्य ओलीले सुन्न पाएनन् । कार्यक्रमका प्रमुख अतिथि ओली चितवनको कार्यक्रममा थिए । कलाकारको प्रस्तुतिपछि पूर्व सभामुख सुवास नेम्वाङले धुर्मुसको प्रस्तुतिले प्रधानमन्त्री नै उपस्थित भएको भान भएको बताएका थिए ।

ढिलो गरी प्रधानमन्त्री आए र उस्तै शैलीमा भाषण गर्न थाले । गहन राजनीतिक सवालमा पनि ओलीले व्यग्य मिसाउँदै भन्न थाले, ‘सात सालदेखिको संविधानसभाबाट संविधान बनाउने विषय ७ वर्ष लगाएर अनेक प्रक्रिया पूरा गरेर सम्पनन भएको छ यस्तोलाई फास्ट ट्रयाक भन्ने ?’ ओलीले व्यंग्य कस्ने शैलीमा भने, ‘जसले जे बोले पनि हुने ? जसो गरे पनि हुने ? संविधानले सबैलाई समान अधिकार दिएको छ । कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।’

ओली रोकिएनन, ‘हामीले यति धेरै गर्दा पनि केही छैन, अधिकार दिएनन् भन्ने ? सीताराम, सीताराम’ धुर्मुसतिर हेर्दै ओलीले भन्दै गर्दा हलमा हासो गुञ्जियो । उनै धुर्मुस दर्शक दीर्घाबाट उठेर अगाडि बढ्न खोजे तर, एउटा कुर्सीबाट उठेर अर्को कुर्सीमा बसे । यतिखेरसम्म हल हाँसोले गुञ्रिहेको थियो ।

लगत्तै ओलीले आफ्र प्रधानमन्त्री भएपछि नाकाबन्दी अन्त्य गरेको, भारत र चीनसित सम्बन्ध सुधार गरेको र अब आर्थिक क्रान्ति र विकासका लागि आफैं कोदालो लिएर निस्कने बताए ।

काठमाडौं–पोखरा सडक यस्तो पनि बन्छ भनेर दुई वर्षमै देखाउने, पूर्व पश्चिम राजमार्ग उत्तिकै राम्रो बनाउने, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफैं कोदालो लिएर निस्कनेसम्म बताए । लुम्बिनीमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्घोष उनको थियो । चीनको केरुङदेखि काठमाडौंसम्मको बाटो दुई लेनको बनाउन अब ढिलाई नगरिने जस्ता सरकारका नीति कार्यक्रमको शैलीमा उनले सुनाए ।
खबरडबली

,

news and entertainment