भारतको कोलकतामा फ्लाइओभर भत्किँदा १० को मृत्यु, १५० बढी पुरिएको आशंका


चैत्र १८, २०७२- भारतको कोलकता सहरमा बन्दै गरेरको फ्लाइओभर भत्किँदा १० जनाको मृत्यु भएको छ भने सयौं मान्छे त्यस मुनी पुरिएका छन् ।


प्रहरीका अनुसार कोलकातकै सबैभन्दा लामो मानिएको हावडा र गिरिस पार्क जोड्न बन्दै गएको फ्लाइओभर एक्कासी भत्किएको हो । उक्त फ्लाइओभर भत्किएर तल गुडीरहेका गाडी तथा यात्रुहरुलाई पुरेको स्थानिय मिडियाहरूले बताएका छन् ।

अग्नीनियन्त्रक तथा सर्वसाधारणहरू मिलेर उद्धारको काम गरिरहेका छन् ।
ekantipur

,

news and entertainment