इराकको मोसुल शहरमा अमेरिकी हवाई आक्रमणमा परी चरमपन्थी समुह स्लामिक स्टेट आइएसका करीब एक सय लडाकु मारिएका छन् । शनीबार मोसुल सहित अन्य स्थानमा गरिएको आक्रमणमा १७ जना लडाकु कमाण्डर पनि मारिएका छन् ।
मोसुल यूनिभर्सिटीमा आइएसका लडाकु लुकेर बसेको समयमा आक्रमण गरिएको निनेवेह क्षेत्रका पूर्व गभर्नरलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणको समयमा भने विद्यार्थीहरु मोसुल यूनिभर्सिटीमा नरहेको बताइएको छ । पूर्व गभर्नर अथिल अल नुजायफीका अनुसार आक्रमणमा १७ सिनियर लडाकु कमाण्डरसहित थुपै्र कमाण्डरहरु मारिएका छन् । आक्रमणमा २५ जना सर्वसाधारणपनि मारिएको जनाइएको छ । आक्रमण भन्दापहिले सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको थियो । लडाकु समुह आइएसले सन् २०१४ मा मोसुल शहमाथि कब्जा जमाएको थियो । आइएसले त्यहाँको यूनिभर्सिटीमा आतंकवादी गतिवधि एवम् तालिम केन्द्रको रुपमा प्रयोग गर्दै आईहेको थियो ।
News24Nepal
अमेरिकी हवाई आक्रमणमा आइएसका१७ जना कमाण्डर सहित एक सय लडाकु मारिए
news and entertainment
