राजकुमार ह्यारी निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा

चैत्र ८, २०७२- बेलायती राजकुमार ह्यारीले आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका छन् ।


बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारीले गैंडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गरे । त्यसपछि झन्डै आधा घन्टा जङ्गल हिँडे ।



जिन्स पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राखेका थिए ।


आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा समेत जानेछन् । उनले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नेछन् ।

ekantipur

,

news and entertainment