नेपालसँग सम्झौता गरेपछि चीनका प्रधानमन्त्रीले के भने ? ओलीको यस्तो जवाफ
काठमाडौं, ८ चैत । पहिलोपटक नेपाल र चीनबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
चीनको राजधानी बेइजिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितीमा ऐतिहासिक सम्झौता भएको हो ।
प्रधानमन्त्री खछ्याङले नेपालमा बनेको संविधान र संविधान निर्माणको प्रक्रियाको पनि प्रशंसा गरेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले संक्रमणकाल पार गरिसकेको र अब राजनीतिक स्थायीत्व हुने र विकास निर्माणलाई प्राथमिकतामा राखेको बताएको प्रमका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
ओलीले आफ्ना समकक्षीसँग नेपाली भूमिबाट चीन विरोधी गतिविधी हुन नदिने पनि बताएका थिए । उनले चीनसँग नेपाल र चीनबीचको रेलमार्ग र नेपाल भित्रै पनि रेलमार्ग विस्तारका लागि पनि आग्रह गरेका थिए ।
dainiknepal
