अाजकाे राशिफल / २०७३ वैशाख ०९ गते बिहीबार
आजको पञ्चाङ्ग
वि.सं. २०७३ वैशाख ०९ गते बिहीबार तदनुसार ई. सं. २०१६ अप्रिल २१ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३७, (चौलाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:३७ बजे
चैत्र शुक्लपक्षको चतुर्दशी तिथि, बिहान ०७:३३ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,
चित्रा नक्षत्र, भोलिबिहान सूर्योदयसम्म कायम रहने छ । चन्द्रमा कन्या राशिमा, साँझ ०५:०६ बजेसम्म, त्यसपछि तुला राशिमा,
हर्षण योग, दिउँसो ०३:२२ बजेसम्म, त्यसपछि वज्र योग,
बब करण, बेलुका ०८:३५ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : चर, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : दक्षिण,
आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, ने. क. पा. स्थापना दिवस,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), वास्तुमुहूर्त
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : मन्वादि, हनुमान् जयन्ती, देवी यात्रा, वैशाख स्नानारम्भ, बालाजु बाईस धारा मेला, लमजुंग यलुंग पोखरी मेला, ल्हुती पुन्ही, ल्हुतीस्नान, पृथ्वी दिवस, नवलपरासीमा द्यौचुली मेला, पासांग ल्हामु विजय दिवस,
भोलिको मूहुर्त : शुभविवाह,
११ गते : ललितपुरमा मच्छिन्द्रनाथ स्नान, लोकतन्त्र दिवस, विशालनगरमा वैष्णवीदेवी यात्रा, बुंगन्हव, त्रिपुष्कर योग दिनको १२ बजेर ०२ मिनेटपछि, टंकप्रसाद आचार्य स्मृति दिवस, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
१२ गते : त्रिपुष्कर योग दिनको ११ बजेर ४६ मिनेटसम्म, अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । पाचनप्रणाली र नसासम्बद्ध रोगले समेत दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । मातृशक्तिको उपासना र विपरीतलिङ्गीको सहयोग लिनसके गरेको काममा फाइदा हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
आजको दिन सामान्यतया राम्रै दिन छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले अलि बढी सास्ती ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर असन्तुष्टि र निराशा बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको गुणदोष सबैको जिम्मा लिंदै आफैंले नेतृत्व गरेमा काममा सफलता पाउनु हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा भनेजस्तो जस र सम्मान प्राप्त हुनेछैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
कर्म क्षेत्रको चन्द्रमा कमजोर भएकाले अल्छीलाग्दो दिन छ, गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ, उन्नतिमा बाधा छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि शैक्षिक र बौद्धिक क्षेत्रमा पनि कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि बेलुका घरायसी वातावरणमा केही सुधार आउने छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर : ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
purbelinews
