वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम
काठमाडौं– नेपाल टेलिकमले आगामी जेठदेखि वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम वितरण गर्ने भएको छ। विदेशिएका व्यक्तिलाई परिवार र देशसँग आत्मिएता जोडिराख्न टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो।
बुधबार विशेष कार्यक्रम गरेर टेलिमले उक्त घोषणा गरेको हो। निःशुल्क सिम वितरण कार्य आगामी जेठ महिनादेखि सुरुवात गर्ने टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए।
सेवा प्रभावकारी बनाउन नसेको आलोचना खेपिरहेको अग्रणी दूरसंचार कम्पनी नेपाल टेलिकमले असार मसान्तसम्म अनुभव हुनेगरी सेवा सुधार गर्ने घोषणा गरेको छ। बुधबार विशेष कार्यक्रम गरेर 'सुधारको मार्गचित्र' विभिन्न कार्यक्रम घोषणा गरेको हो।
आन्तरिकदेखि ग्राहकसँगको सेवा सुधारका विभिन्न कार्यक्रम घोषणा गर्दै टेलिकमले असार मसान्तसम्म सुधारको अनुभव गराउने बताएको छ। 'असारमसान्तसम्म उपत्यकामा सेवा विस्तार, थ्रिजी प्रभावकारी बनाइने छ,' प्रवन्ध निर्देशक आचार्यले भने, 'हामीले घोषणा गरेका विभिन्न सुधारका कार्यक्रमले पनि अब कम्पनीको सेवा उच्च स्तरमा पुग्नेछ।'
कम्पनीले साउन महिनाभित्र सरकारको नीति कार्यक्रमअन्र्तगत स्मार्ट सिटीको लागि तोकिएको स्थानहरूमा कम्पनीको भौतिक पूर्वाधारहरू गर्ने योजना बनाएको छ। मध्य पहाडी लोकमार्गको पूर्वीखण्डमा ६ सय ९१ किलोमिटर अप्टिकल फाइवर विछ्याउने र सो क्षेत्रमा पर्ने जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा इन्टरनेट, टेलिफोन सेवा पु¥याउन माइक्रोवेव रेडियो प्रविधि विस्तार गर्ने योजना कम्पनीको रहेको छ।
आगामी आर्थिक वर्षमा हाल माइक्रोवेव रेडियो मार्फत सेवा संचालनमा रहेका स्थानमा थ्रिजी, एडिएसएललगायत उच्च गतिका गुणस्तरीय सेवाहरू प्रदान गर्न अप्टिकल फाइवर विस्तार गरिने कम्पनीले घोषणा गरेको छ। नयाँ प्रविधि अबलम्बन गर्ने सम्दर्भमा पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र फोरजी सेवा र अन्य स्थानहरूमा थ्रिजी सेवा विस्तार गरिने छ। फोरजी सेवा भने अहिलेसम्म सञ्चालना आउन सकेको छैन।
चीनतर्फको क्रस बोर्डर अप्टिकल फाइवर सञ्चालन गर्ने तथा उक्त सेवाको अन्तराष्ट्रिय व्यापारीकरण गरी कम्पनीको उच्च लाभ र प्रतिफलका लागि कार्य अगाडी बढाउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ।
जिएसएम सेवाको ग्राहक क्षमता वृद्धि गर्न विभिन्न स्थानहरूमा क्यारियर अफग्रेसन एण्ड सिइ बोर्ड थप गर्ने कार्य सम्पन्न गर्ने टेलिकमले जनाएको छ।
nagariknews
