मिले सबै माओवादी, लाजिम्पाटमा भयो ओली सरकारविरुद्ध ठूलो निर्णय

काठमाडौं, ८ बैशाख । द्वन्द्वकालिन मुद्दा एक-एक गरी ब्युतिन थालेपछि विभाजित भएका सबै माओवादी पार्टीहरु एक भएका छन् ।
उनीहरुले द्वन्द्धकालीन मुद्धा सत्य निरुपण तथा वेपत्ता खोजबिन आयोगबाटै टुङ्गो लाउनुपर्ने अन्यथा ओली सरकारविरुद्ध जस्तोसुकै कदम चाल्ने चेतावनी पनि दिएका छन् ।
बुधबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको सबै माओवादीहरुको संयुक्त बैठकले द्वन्द्धकालीन मुद्धा ब्युँताउन खोजिए सरकारविरुद्ध सामूहिकरुपमा संघर्ष गर्ने निर्णय गरेका छन् ।

‘बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले द्वन्द्धकालीन मुद्धा ब्युँताउन खोजे सामूहिक रुपमा प्रतिवाद गरौं । र आवश्यक परे आन्दोलन गर्नुपर्छ भन्नुभयो र अरु साथीहरु सहमति जनाएका छन्’ बैठकमा सहभागी एक नेताले भने ।
बैठकमा माओवादी नेताहरु प्रचण्ड, मोहन वैद्य, मणि थापा, विप्लव, हिसिला यमी, मातृका यादव लगायत शीर्ष नेताहरु सहभागी थिए ।
बैठकले केही जनमुखी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
dainiknepal

,

news and entertainment