बाबुरामले फेरि उचाले मधेसीः अझै ठूलो नाकाबन्दी गर्नुपर्नेमा जोड

रौतहट, ८ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अधिकार प्राप्त नभएसम्म आन्दोलन गर्न मधेसवादी दल र जनतालाई आव्हान गरेका छन् ।
मधेस जागरण अभियान अन्तर्गत बुधबार रौतहटको गौरमा नयाँ शक्तिको नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले अबको आन्दोलन सिंहदरबारमा नाकाबन्दी लाग्ने खालको हुनुपर्ने बताए । उनले भने- ‘७५ वर्ष पछि लडेर ल्याएको सँविधान पनि सबैको साझा हुन सकेन, अब यसलाई सबैको साँझा बनाउन र समान अधिकार प्राप्तिका लागि सिंहदरबारमा नाकाबन्दी गर्नुको विकल्प छैन् । यो आन्दोलनबाटै सरकारले घुँडा टेक्छ । हामी साथ दिन तयार छौं ।’

पाँच महिनासम्म गरिएको नाकाबन्दीले जनतालाई नै दुःख दिएको भन्दै अब सरकारको घुँडा टेकाउन सिंहदरबारमा शसक्त नाकाबन्दी गर्नुपर्ने उनको धारणा छ ।
तराई मधेसमा पाँच महिना बढी आन्दोलन हुँदा सरकारले कुनै वास्ता नगरेको उनको आरोप थियो । ‘अबको आन्दोलन जनतालाई भन्दा सरकारलाई पीडा दिने खालको हुनुपर्छ । त्यो भनेको सिंहदरबार नाकाबन्दी हो । अनि मात्रै सरकार बाध्य हुनेछ ।’
dainiknepal

,

news and entertainment