२०७३ सालमा सार्वजनिक बिदा घट्यो
नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ ।
पर्व, दिवस, जात्रा, जयन्ती, दसै, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको आजको राजधानी दैनिकमा समाचार छ ।
२०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका मुल ५१ दिन सार्वजनिक बिदा भएपति सवबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ ।
तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।
२०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ । यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन् ।
News24Nepal