धनसम्पत्ति जति सबै विदेशमा थुपारेका रहेछन् दीक्षितले
काठमाण्डु, ११ वैशाख– कनकमणिको नाममा स्ट्यान्डर्ड चार्टड बैंक युकेमा ३६ हजार कित्ता र कनकमणि –शान्ताको नाममा एचएसविसी बैंकमा १ लाख २० हजार कित्ता सेयर ।
– अमेरिकाको चेज बैंकमा दुईवटा खातामा १७ हजार २०८ डलर ।
–कमलमणि दीक्षित र कनकमणि दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्राइभेट लिमिटेडको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको । नियममनुसार राष्ट्र बैंकलाई सूचित गर्नुपर्नेमा नगरेको ।
– कनकमणि दीक्षित र शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको २ वटा खातामा २७ हजार ६३९ पाउन्ड ।
–श्रीमती शान्ति दीक्षितको नाममा अमेरिकामा चार लाख ३५ हजार अमेरिकी डलर पर्ने अपार्टमेन्ट १० नोभेम्बर २०१० मा किनेको ।
–तर पटक पटक बयान लिन बोलाउँदासमेत अटेर गरी अनुसन्धानमा बाधा व्यवसाधन पुरयाएकोले दीक्षितलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
–नयाँ पत्रिकाबाट