फिफा वरियतामा नेपालको ६ स्थान सुधार
चैत २५, काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो बरियातामा नेपाल ६ स्थान सुधार गर्दै १ सय ७९ औ स्थानमा उक्लिएको छ ।
दक्षिण एसियाली फुटबलमा नेपाल भन्दा २ स्थान माथी रहेको बंगलादेश १ सय ७७ औ स्थानमा छ । यस्तै समान २ स्थान तल झरेका माल्दिभ्स १ सय ६० र इन्डिया १ सय ६२ औ स्थानमा छन् ।
यस्तै सात स्थान सुधार गर्दै भुटान १ सय ८६ औ स्थानमा, दुई स्थान माथी चढ्दै श्रीलंका १ सय ८७ औ र तीन स्थान तल झर्दै पाकिस्तान १ सय ९० औ स्थानमा छन् ।
पछिल्लो महिना शीर्ष टोलीमा कुनै परिवर्तन नआएपनि यो पटक भने अर्जेन्टिना विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । एक स्थान तल झदै बेल्जियम दोस्रो र दुई स्थान उक्लिदै चिली तेस्रो स्थानमा छ ।
radiokantipurdiary
