नेपालमा भूकम्पले डर लाग्दो समस्या बढाउँदै गएको खुलासा !
काठमाण्डु, १ वैशाख – नेपालमा भूकम्प गएको एक वर्ष पूरा हँुदा पनि यसको परकम्पले मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पले त्रास हट्न सकेको छैन भने यसले मनोसामाजिक समस्यालाई पनि बढादिएको छ ।
भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने मनोचिकित्सकले बताएका छन् । केही वस्तु हल्लँदा पनि डराउने, त्रासको महसुस हुने कारण मानिसमा मानसिक समस्या बढ्दै गएको भनाइ उनीहरूको छ ।
यस्तो समस्याले विद्यार्थी, वृद्धवृद्धा, बालबालिका र महिलामा बढी प्रभाव पारेको छ । उहाँका अनुसार यस्ता मनोसामाजिक समस्याको समयमै निदान नगरिए मानसिक रोगलाई बढाउने खतरा रहन्छ । धेरैले फेरि पनि के हुने हो ? भन्ने डरका कारण आत्मविश्वास गुमाएको उनको भनाइ छ । उनले भने ‘भूकम्पका कारण धेरैको दिमाग शून्यतामा पुग्न सक्छ । शून्यताबाट सामान्य अवस्थामा आउन समय लाग्छ । यो बीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ ।’
कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने डा ओझाको भनाइ छ । यसलाई चिकित्सा विज्ञानको भाषामा ‘पोस्ट ट्रमाटिक मेन्टल डिसअर्डर’ भनिन्छ । भूकम्प आएसँगै आत्तिएर भाग्दा मानसिक रूपमा मात्र नभई शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकहरूले सुझाएका छन् ।
उनले अझसम्म पनि मन डराउने, काममा ध्यान नजाने, अज्ञात भयले सताउने जस्ता समस्या लिएर दैनिक चारजनासम्म बिरामी आउने गरेको जानकारी दिए । ‘यो त्रासले ल्याएको मनोसामाजिक समस्या हो, त्यसमाथि सञ्चारमाध्यममा आउने खबरले पनि मानिसमा त्रास बढाएको छ,’ उनले भने ।
यसका लागि मनोपरामर्श दिने सेवा सर्वसुलभ हुनुपर्ने विज्ञहरूको सुझाव छ । मन्त्रालयमा यस विषयमा कुनै छलफल नभएको एक विज्ञले बताए ।
kathmandutoday
