सेक्सका लागि पैसा दिए कारबाही !
एजेन्सीः फ्रान्सको संसदले यौन सम्पर्कका लागि पैसा लिए सजाय दिने विधेयक पास गराएको छ ।
नयाँ व्यवस्थाअनुसार यौन सम्बन्धका बदला पैसा दिने व्यक्तिलाई तीन हजार सात सय ५० यूरो जरिवाना हुनेछ ।
पहिलो पटक पक्राउ परेमा १५ सय यूरो जरिमाना हुनेछ । दोस्रो पटक फेरि पक्राउ परे जरिवानाको दर बढ्दै जाने छ ।
यो कानुनले विदेशी दलालको सञ्जाल अन्त्य हुने विश्वास लिइएको छ । साथै यस पेसाबाट बाहिर आउन चाहनेलाई पनि सहयोग हुने विश्वास लिइएको छ ।
यो विवादास्पद कानुनलाई कार्यान्वयन गर्नका लागि फ्रान्सको संसदले दुई वर्ष लगाएको थियो ।
उक्त विधेयकको विरुद्धमा यौनकर्मीले पेरिसमा संसद भवन अगाडी प्रदर्शन समेत गरेका थिए । स्टास सेक्स वर्कस युनियनका सदस्यका अनुसार यस कानुनले झन्डै ४० हजार यौनकर्मीको जीवनमा असर पर्ने बताएका छन् ।
कानुनको समर्थकहरुले भने यस कानुनका मद्दतले देह व्यापार गराउने गिरोहको सञ्जाललाई हटाउन मद्दत मिल्लने बनाएका छन् ।
त्यस्तै देहव्यापार छोड्ने विदेशी यौनकर्मीलाई पनि फ्रान्समा बस्ने अनुमति दिइने भएको छ ।
annapurnapost
