आज एकैदिन गिरी, पौडेल, दयाहाङ र कोमल वलीको जन्मदिन

ताजाखबर। आज नयाँ बर्ष २०७३ को पहिलो दिन । हाँस्य कलाकारद्वय दीपकराज गिरी र शिवहरि पौडेल साथै नायक दयाहाङ राई तथा गायिका कोमल वलीको आज एकैदिन जन्मदिन परेको छ ।




यो एउटा संयोग हो । आजदेखि ४८ वर्ष लागेका दिपकले ‘छक्का पन्जा’को सुटिङ् सेटमा नै जन्मदिन मनाएका छन् । अर्का हाँस्यकलाकार शिवहरि पौडेलले घरमै जन्मदिन मनाएका छन् । नायक दयाहाङ राई यतिबेला बेलायतमा छन् । ३८ वर्ष लागेका दयाहाङले बेलायतमा रहेका साथीभाईसँग जन्मदिन मनाउनेछन् ।

त्यस्तै, आफ्नो उमेर नखुलाउने गायिका कोमल ओलीले पनि जन्मदिन मनाउँदैछिन् ।
etajaakhabar

,

news and entertainment