मलेशीयाबाट २ हजार ६ सय भन्दा बढी नेपाली कामदार निकालीए
मलेसीया सरकारले भिसा अवधि सकिए पनि जर्वजस्ति मलेशीयामा लुकेर बसरहेका २ हजार ६ सय भन्दा बढी नेपाली कामदारलाई धरपकड गरेर फिर्ता पठाएको छ ।
निश्कासनमा परेकाहरुमा, अवैधानिक भएर पनि पुनः दर्ता कार्यक्रममा सहभागी नहुनेहरु मात्र परेका छन् । भिसा अवधि सकिएर पनि स्वदेश फर्कन अटेर गर्ने अवैधानिक कामदारलाई फिर्ता पठाएको र अवैधानिक कामदारलाई पुनः दर्ता हुने अवसर दिएको मलेशीयाको गृहमन्त्रालयले जनाएको छ ।
मलेसियाले गत फेब्रुअरीदेखि अवैध कामदारलाई वैधानिक हुन अवसर दिएको छ । तर, अटेर गर्नेहरुलाई पक्राउ गरिेर सम्वन्धीत् मुलुकमा पठाइएको छ ।
यो अभियान अन्तर्गत् मलेसियाबाट जनवरीयता ४० हजार विदेशी कामदार निष्काशित भइसकेका छन् ।
News24Nepal
