टाइमको प्रभावशाली सय व्यक्तिमा मोदी अटेनन्

काठमाडौं: विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनको सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अटाएनन् ।

मोदीलाई सय व्यक्तिको सूचीमा पर्न नदिन नेपालबाट 'नो भोट मोदी' अभियान नै चलेका बेला टाइमको प्रभावशाली सयको सूचीमा मोदी नपरेका हुन् ।



यो सूचीमा मोदीकै देशको भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन भने अट्न सफल भएका छन् ।

देशका गभर्नर पर्दा मोदी यस पटक टाइमको सय प्रभावशालीको सूचीमा नपरेका हुन् ।

यो सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो सूचीमा स्थान बनाउन सफल भएका छन् ।

त्यसैगरी सय शक्तिशालीको सूचीमा फेसबकका मालिक मार्क जुकर्बर्ग दम्पत्ति, बलिउड अभिनेत्री प्रियंका चोपडा, जर्मनीकी राष्ट्रपति एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारी पनि अटेका छन् ।
annapurnapost

,

news and entertainment