बुबालाई गुमाएको ५ वर्षपछि झापाकी १८ वर्षीया अप्सनाले आफ्नै आमा अम्बिकालाई अन्माइन्

झापा, ५ बैशाख । एकल महिला भएर बाँच्न गाह्रो हुने कुरा छोराछोरीले बुझिदिएर आमाले रोजेको जीवनसाथी स्विकारीदिने हो भने ति आमालाई कस्तो महशुस होला रु अब यो कल्पनाको विषय मात्रै रहेन । झापा बिर्तामोड नपा ७ निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले विगत १ वर्षदेखि आँफुले मन पराउँदै आएका भारतका राहुल खटवानीसँगको प्रेम सम्बन्ध थाहा पाएसँगै उनकी १८ वर्षीया छोरी अप्सना शिवाकोटीले आमाको प्रेममा सर्मथन जनाइन् र आमालाई सहयोग गरिन् ।


यसैबिच अप्सनाले आमाको सपनामा साथ दिँदै आमाले फेसबुक मार्फत रोजेका प्रेमीसँगै अन्माइदिइन् । जुन खबरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ । नेपाली समाजले पचाउनै नसक्ने कुरा यि सहासी छोरीले आँटका साथ गरेको भन्दै उनको सहासी निर्णयलाई धेरैले सकारात्मक कदम भनेका छन् ।

विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग वैबाहिक बन्धनमा बाँधीएकी अम्बिकाले एउटा दुखद दुर्घटनामा २०६७ सालमा श्रीमान् खगेन्द्रलाई गुमाएपछि एकल जिवन व्यतित गर्दै आएकी थिइन् । खैर जे होस् आमाको नजरबाट छोरीले देखेको कदम स्राहनीय छ । जुन कदम परिवर्तित समाजको एउटा गतिलो नजिरका रुपमा अडिने छ ।
etajakhabar

,

news and entertainment