नेपाली पुरुषसँग विहे गरेका ३६७२ भारतीय महिलाले नेपालको नागरिकता पाउने
काठमाडौं, १७ वैशाख । नेपाली पुरुषसँग विहे गर्ने साढे तीन हजार भन्दा बढी महिलाले नेपालको नैसर्गिक नागरिकता पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालमा पछिल्लो वर्ष नयाँ संविधान घोषणा भएपछि यस्तो अधिकार भारतीय महिलाले पाएको समाचारमा उल्लेख छ । नेपालको गृहमन्त्रालयले मंगलबार यो घोषणा गरेको पनि उल्लेख छ ।
भारतीय पत्रिका ‘न्यू इण्डियन एक्सप्रेस‘का अनुसार नेपाली पुरुषसँग विवाह गरेका ३ हजार ६ सय ७२ महिलाले हिमालयी देश (नेपाल)को नागरिकता पाउनेछन् ।
यो समाचारमा केपी ओली नेतृत्वको सरकारले तीन जना भारतीय नागरिकको नागरिकता खारेज गरेकैदिन साढे तीन हजार बढी भारतीय महिलालाई नेपालको नागरिकता दिने निर्णय गरेको उल्लेख छ । तर, नेपाल सरकारले भने अहिलेसम्म यो सूचना सार्वजनिक गरेको छैन् ।
dainiknepal
