चीनले गर्यो अर्काे चमत्कार, बनायो हतियार चलाउने ‘रोबोट सिक्योरिटी गार्ड’
काठमाडौं, १७ वैशाख । चीनले सुरक्षा उपकरणहरुको विकासमा नयाँ वस्तु निर्माण गरेर चमत्कार गरेको छ ।
उसले एउटा यस्तो पहिलो रोबोट सिक्योरिटी गार्ड बनाएको छ जसमा हतियार लाग्छ । यो रोबोटको विशेषता भनेको यो इन्टेलिजेन्ट भिडियो एनालिसिसका माध्यमबाट हतियारको प्रयोग गर्न सक्छ ।
न्यूजवीक’को रिपोर्टअनुसार एनबोट चीनको पहिलो इन्टलीजेन्ट सिक्योरिटी रोबोट हो । चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार यसलाई नेशनल डीफेन्स यूनिवर्सिटीले निर्माण गरेको हो । १.४९ मिटर उचाई र ७६ किलोग्रामको यो मेसिनको गति (स्पीड) १८ किलोमिटर प्रतिघण्टा हुनेछ । यसमा यस्ता सेन्सर्स लगाएका छन कि जसले मानव मस्तिष्क, आँखा र कानकै जसरी काम गर्नसक्छ ।
समाजमा हुने दंगा नियन्त्रणमा यसको मूख्य भुमिका हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसको निर्माणसँगै दंगा भएको ठाउँमा प्रहरीको आवश्यकता पर्नेछैन् । प्रहरीले यसलाई रिमोटबाट कन्ट्रोल मात्रै गर्नुपर्नेछ ।
dainiknepal
