‘गोफन्डमी’बाट धुर्मुस–सुन्तली एकिकृत बस्तीलाई सहयोग गर्न सकिने
भुइँचालोले ध्वस्त पारेको सिन्धुपाल्चोकको गिरानचौरमा एकिकृत नमुना बस्ती बनाउन लागेका हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई ‘गोफन्डमीडटकम’ वेबसाइटबाट आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। तर, यो सुविधा विदेशमा मात्र उपलब्ध हुनेछ।
करिब तीन करोड लागतमा बन्न लागेको नमुना बस्तीको सहयोगका लागि धुर्मुससुन्तलीले देश तथा विदेश बस्ने नेपालीसँग पुनर्निमाणमा सघाउन आह्वान गरेका छन्।
सेतोपाटी
