युएर्इमा एक नेपालीको हत्या


अबुधावी ।  युएर्इमा एक नेपालीले नेपालीकै हत्या भएको छ । युएर्इको अल्कोजमा  सामान्य विवादपछि शुक्रवार  मोरङ बेलबारीका २५ बर्षीय सुरज राइलाई पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार गरी हत्या गरेको सोही कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेलले जानकारी दिए  ।
प्याकुरेलका अनुसार शुक्रवार दिउँसोसंगै तास खेलेका रार्इ र मगर साँझ लागुपदार्थ सेवन गरी तास खेलेको पैसा लेनदेनको विषयमा विवाद हुँदा मगरले छुरा हानी रार्इको हत्या गरेका हुन् । घटना  युएइको अल्कुज़मा रहेको डुल्सको कम्पनीको लेबर क्याममा भएको हो । घटनापछि मगरलाई कम्पनीले दुबईको सुरक्षाकर्मीलाई बुझाइदिएको वताइएको छ ।
अल्कोज,सोनापुरलगायत लेबर क्याम रहेको क्षेत्रमा कमसल लागुपदार्थ बिक्रि वितरण हुने गरेकाले त्यस क्षेत्रमा यस्ता घटना दोहरिने गरेको बताउदै पथरी समाजका अध्यक्ष कृष्ण पौडेलले त्यस्ता कमसल लागुपदार्थ सेवनले स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेकोले त्यसमा सचेत रहनुपर्ने बताए ।

news and entertainment