मलेसियामा एक नेपाली कामदारको मृत्यु


५ जेठ, क्वालालम्पुर । मलेसियामा एक नेपाली कामदारको ज्यान गएको छ । पाल्पा जिल्ला अर्गली-५, घर भई क्वालालम्पुरमा रहेको एलाईट सेक्युरिटी कम्पनीमा गार्डको रुपमा कार्यरत अन्दाजी ३२ वर्षीय श्रीधर थापाको शनिवार विहान सुतेकै अवस्थामा ज्यान गएको हो ।
शुक्रवार राति १० वजेसम्म नियमित डिउटी गरी थापा राति ११ वजेतिर कोठमा आएर सुतेका थिए । शनिवार विहान डिउटि जाने समय हुँदासम्म पनि नउठेपछि साथीहरुले उठाउन खोज्दा उनको ओछ्यानमै ज्यान गएको थियो ।
हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । थापा ५ महिना अगाडि हिमरक ओभरसिज मार्फत रोजगारीको शिलशिलामा मलेसिया आएका हुन् ।

news and entertainment