नर्सिङहोमनजिक आठ मानव भ्रूण

जनकपुर, जेष्ठ १० - एक निजी नर्सिङहोमनजिक एउटै पोकामा बिहीबार आठ मानव भ्रूण फेला परेको छ । जनकपुर नगरपालिका ८ स्थित कपालमोचनी पोखरीको पश्चिमी डिलको जानकी हेल्थ केयर सेन्टरनजिकै ती भ्रूण फेला परेको हो । प्रहरीले अनुसन्धानका लागि ती पोका नियन्त्रणमा लिएको छ । 'अनुसन्धानका लागि सबै भ्रूण नियन्त्रणमा लिएका हौं । अनुसन्धान जारी छ,' प्रहरी उपरीक्षक वसन्त पन्थले भने । एउटा ठूलो प्लास्टिकको पोकाभित्र राखिएका भ्रूण विभिन्न उमेरका छन् । जानकी हेल्थ केयर सेन्टरका सञ्चालक डा. सुरेन्द्र यादवले आफ्नो संस्थालाई बदनाम गर्न कसैले ल्याएर राखेको दाबी गरे ।

news and entertainment